निर्वाचन आयोगमा विधिवत दर्ता भएका राजनीतिक दलहरूको संख्या १ सय ३९ पुगेको छ । जेनजी विद्रोहपछि निर्वाचन प्रयोजनार्थ निर्वाचन आयोगमा पछिल्लो एक महिनामा २१ वटा नयाँ राजनीतिक दल दर्ता भएका छन् ।

आयोगमा सूचीबद्ध भएका दलहरूमध्ये प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धाका लागि १ सय ८ वटा राजनीतिक दलले पुनः दल दर्ता गराएका छन् । निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय पर्सी १५ मंसिर आइतबारसम्म तोकिएको छ । थप केही नयाँ दलको दर्ता प्रक्रिया अन्तिम चरणमा छन् । ती दर्ता भएर निर्वाचनमा भाग लिने गरी पुनः दर्ता गराएमा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने दलहरूको संख्या अझै थपिने छ ।

पछिल्लो एक महिना यता दर्ता भएका नयाँ दल र तिनको नेतृत्वको नाम

१. श्रम संस्कृति पार्टी (हर्क राज राई)
२. गतिशील लोकतान्त्रिक पार्टी (दिनेशराज प्रसाईं)
३. नागरिक उन्मुक्ति पार्टी, नेपाल (कविर सोब)
४. राष्ट्रिय परिवर्तन पार्टी (राजेश पोर्तेल)
५. राष्ट्रिय जनमत पार्टी (रियाज अहमद शेष)
६. नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द
७ं राष्ट्र निर्माण दल नेपाल (अकबर खान)
८. राष्ट्रिय ऊर्जाशील पार्टी, नेपाल (योगेन्द्र मण्डल)
९. पिपुल फर्स्ट पार्टी (प्रशान्त सिंह)
१०. उज्यालो नेपाल पार्टी (अनुपकुमार उपाध्याय)
११. स्वाभिमान पार्टी (सत्यमानकुमार सिंह)
१२. हाम्रो पार्टी नेपाल (खगेन्द्र सुनार)
१३..नागरिक सर्वोच्चता पार्टी नेपाल (रत्नप्रसाद श्रेष्ठ)
१४. जनादेश पार्टी नेपाल (रमणकुमार कर्ण)
१५. सार्वभौम नागरिक पार्टी (गणेशकुमार मण्डल)
१६. नागरिक सेवा पार्टी (श्रेया केसी)
१७. प्रगतिशील नागरिक पार्टी (सविन सिग्देल)
१८. सर्वोदय पार्टी (दीपककुमार साह)
१९. समुन्नत नेपाल पार्टी (सर्वेन्द्र खनाल)
२०. नागरिक बचाउ दल (माधवप्रसाद खतिवडा)
२१. नेपाल जनसेवा पार्टी (प्रकाश खडका)