केपी ओली नृेतृत्वको संघीय सरकारले मधेस प्रदेशका आठ जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री रमेश लेखकको प्रस्तावमा मधेसका आठ जिल्लालाई विपद संकटग्रस्त घोषणा भएको हो ।
तीन महिनाका लागि उक्त मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो । मधेस प्रदेश सरकारले मंगलबार संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सोहीअनुसार संघीय सरकारले मधेसमा ८ जिल्लाई विपद् संकटग्रस्त घोषणा गरेको हो ।
मनसुनमा पनि मधेसमा पानी परेपछि सुख्खा भएको, पर्याप्त पानी भरण हुन नसकेको, मुहान सुकेको, पानीको चरम अभावका कारण सिँचाइमा समेत प्रभाव परेकाले संकटग्रस्त क्षेत्र घोषणाको माग गरेको थियो । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा १४ को उपदफा (द) मा संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।
गृह मन्त्रालयका अनुसार अहिलेसम्म मधेसमा कुल क्षेत्रफलको ४६ प्रतिशत जमिनमा मात्रै रोपाइँ भएको छ । सुख्खाका कारण उत्पादनमा समेत ह्रास आउने भन्दै संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग भएको थियो ।
✏️ टिप्पणी लेख्नुहोस्