होर्मुज क्षेत्रबाट इरानले एक जना नेपालीलाई पक्राउ गरेको छ । परराष्ट्र मन्त्रालयले उक्त जानकारी दिएको हो । पक्राउ परेका व्यक्ति अमृत झा हुन्।
परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलन गरी होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको जानकारी गराएका हुन्।
होर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा ईरानले जहाजका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिएको थियो । सोही क्रममा झा पनि परेका हुन् । पक्राउ परेको विषयमा आफन्तहरूले परराष्ट्रलाई जानकारी गराएका थिए ।
✏️ टिप्पणी लेख्नुहोस्