Nepalmuhar Full version →
राजनीति

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको समय

Nepalmuhar June 5, 2026
पार्टीका विभिन्न तहबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भनिएकोले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय अन्तिमपटकका लागि थप
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि समय थप गरेको छ । जेठ २८ गतेसम्मका लागि समय थप गरिएको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक तथा महामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् । 

नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको हिजो बिहीबार बसेको बैठकले पछिल्ला दिनमा क्रियाशील सदस्यता अद्यावधिकको कार्य देशभर उत्साहजनक रूपमा अगाडि बढिरहेको निष्कर्ष निकालेको थियो । 

पार्टीका विभिन्न तहहरूबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भएको आएको भन्दै क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय अन्तिमपटकका लागि जेठ २८ गते राति १२ बजेसम्म कायम गर्ने बैठकले निर्णय गरेको छ । 

उक्त अवधिभित्र आ–आफ्नो सदस्यता अद्यावधिक कार्य अनिवार्य रूपमा सम्पन्न गर्न महामन्त्री पौडेलले आग्रह गरेका छन् । 
कांग्रेस क्रियाशील सदस्यता