Nepalmuhar Full version →
राजनीति

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक

Nepalmuhar June 1, 2026
प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न परिस्थितिबारे छलफल हुने
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे विपक्षी दलहरुको बैठक बोलाएका छन् । 

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न परिस्थितिबारे छलफल हुने उनको सचिवालयले बताएको छ । 

नेता आङ्देम्बेले बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूलाई बोलाउनुभएको हो ।

आज दिउँसो १ बजे प्रतिनिधिसभा र १.१५ बजे राष्ट्रियसभाको बैठक आह्वान भएको  छ । त्यसअघि प्रमुख विपक्षी दलले सबै विपक्षी दललाई बोलाएर बैठक गर्न लागेको हो ।
कांग्रेस संसदीय दल विपक्षी दलको बैठक