''प्रधानमन्त्रीलाई के आधारमा यसरी सन्देश पठाइयो, तत्काल नियन्त्रणमा लिएर सोधपुछ गर्नू, भनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का् कार्यालयबाट हामीलाई ताकेता भयो''
प्रधानमन्त्री बालेन्द्र साहलाई माबाइलमा सन्देश पठाएको कसुरमा उपरराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई हिजो अपरान्ह प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्यो ।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सचिव पुष्करलाई बिहीबार बेलुका नियन्त्रणमा लिएर करिब ७ घण्टा राखेको थियो ।
सचिव पुष्करले प्रधानमन्त्री बालेन साहलाई एक सन्देश पठाएको र त्यहस् सन्देशलाई लिएर उनलाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ । “प्रधानमन्त्रीलाई के आधारमा यसरी सन्देश पठाइयो, तत्काल नियन्त्रणमा लिएर सोधपुछ गर्नू, भनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का् कार्यालयबाट हामीलाई ताकेता भयो । त्यही ताकेताका आधारमा हामीले सचिव पुष्पकरलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हौ” अपराध महाशाखाका एक प्रहरी अधिकारीको भनाइ छ ।
सचिव पुष्करले आफू असार २४ गते अवकाशमा जान लागेको हुँदा अहिले बहालावाला कर्मचारीले राजदूतका लागि खुला आवेदन भर्न पाउँछन् कि पाउँदैनन् भन्ने जिज्ञासा राखेर सन्देश पठाएको पाइएको ती प्रहरीले जानकारी दिएका छन् । उनका अनुसार सन्देशमा देखिएको थियो,
“सम्माननीय प्रधानमन्त्रीज्यू सादर नमस्कार । सचिवको कार्यकाल पाँच वर्ष हुन्छ । म मुख्यसचिव हुने सम्भावना छैन । म अवकाश हुने दिन असार २४ गते हो । राजदूतको विज्ञापन खोलिएको रहेछ । मैले फर्म भर्न मिल्छ कि मिल्दैन । हजुरको जानकारीको लागि सादर अनुरोध गर्दछु,” सचिव पुष्करले प्रधानमन्त्री शाहलाई लेखेको सन्देशबारे जानकारी दिँदै उनले भने ।
प्रहरीले पुष्पकलाई सात घण्टा नियन्त्रणमा लिएर श्रीमतीको रोहवरमा छाडेको थियो । पुष्करको श्रीमती पनि नेपाल सरकारको सहसचिव हुन् ।