Nepalmuhar Full version →
राजनीति

अनेरास्ववियुका १० पूर्वअध्यक्ष एमाले नेतृत्वमा निर्वाचित, ४ जना पराजित

Nepalmuhar December 18, 2025
नेकपा एमालेको ११ औं महाधिवेशनबाट अनेरास्ववियुका १० जना पूर्वअध्यक्षले पदाधिकारी र केन्द्रीय सदस्यमा जित हात पारेका छन् । एमालेमै रहेका र चुनावमा भाग लिएका पूर्वअध्यक्षमध्ये टंक कार्की, अरुण नेपाल, किशोरविक्रम मल्ल र नविना लामा पराजित भएका छन् भने रुपनारायण श्रेष्ठ चुनावमा उम्मेदवार थिएनन् । पूर्वअध्...

नेकपा एमालेको ११ औं महाधिवेशनबाट अनेरास्ववियुका १० जना पूर्वअध्यक्षले पदाधिकारी र केन्द्रीय सदस्यमा जित हात पारेका छन् ।

एमालेमै रहेका र चुनावमा भाग लिएका पूर्वअध्यक्षमध्ये टंक कार्की, अरुण नेपाल, किशोरविक्रम मल्ल र नविना लामा पराजित भएका छन् भने रुपनारायण श्रेष्ठ चुनावमा उम्मेदवार थिएनन् ।

पूर्वअध्यक्ष शंकर पोखरेल दोस्रोपटक महासचिव निर्वाचित हुँदा योगेश भट्टराई उपमहासचिव निर्वाचित भएका छन् । पोखरेलपछिका अध्यक्ष रामनाथ ढकालको निधन भइसकेको छ । ढकालपछि योगेश भट्टराई अध्यक्ष भएका थिए । योगेशपछिका अध्यक्ष अरुण नेपाल सचिव र केन्दीय सदस्य दुवै पदमा विजयी हुन सकेनन् ।

नेपालपछिका अध्यक्ष हिक्मत कार्की सचिव भएका छन् भने कार्कीपछिका अध्यक्ष राजेन्द्र राई नेपाली कम्युनिस्ट पार्टीमा छन् । राईपछिका अध्यक्षहरु क्रमशः खिमलाल भट्टराई, ठाकुर गैरे, रामकुमारी झाँक्री र माधव ढुंगेलले केन्द्रीय सदस्य जितेका छन् । ढुंगेलपछिका अध्यक्ष किशोर मल्ल र नविना लामा पराजित भए ।

त्यसपछिका ऐन महर, सुनिता बराल र समिक बडाल निर्वाचित भएका छन् भने डा. सुजन कडरिया उम्मेदवार भएनन् । यीमध्ये समिक पहिलोपटक केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

Featured अनेरास्ववियु