Nepalmuhar Full version →
समसामयिक

मानवबेचबिखन र तस्करीको धन्दाः त्रिभुवन विमानस्थलबाट भिजिट भिसामा कुवेत उडान लागेका ४७ महिला फर्काइए

Nepalmuhar July 25, 2025
भिसिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिला भारतबाट फकाईएको छ । उनीहरुलाई भारतको राजधानी नयाँदिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्काइएको हो । मानवबेचबिखन र तस्करीमा संलग्न माफियाहरुको सेटिङमा ती महिलालाई दिल्ली हुँदै कुवेत लगिदै थियो । कामकोअ नुमति बिना नै महिलाहरुलाई लगिदा त्यहाँ...

भिसिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिला भारतबाट फकाईएको छ । उनीहरुलाई भारतको राजधानी नयाँदिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्काइएको हो ।

मानवबेचबिखन र तस्करीमा संलग्न माफियाहरुको सेटिङमा ती महिलालाई दिल्ली हुँदै कुवेत लगिदै थियो । कामकोअ नुमति बिना नै महिलाहरुलाई लगिदा त्यहाँ न्यून ज्यालामा काम लगाउने र घरेलु हिंसामा पर्ने गरेका छन् ।

दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै गएराति मात्र रूपन्देही ल्याई पुर्याइएको छ ।

दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले उनीहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । उनका अनुसार ती महिलाहरूलाई अहिले प्रहरीले काठमाडौं ल्याउँदैछ ।

जानकारी अनुसार गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाहरूको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन ब्युरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

Featured भिजिट भिसा ४७ महिला