Nepalmuhar Full version →
समसामयिक

बढुवा भएका ७२ जना डिएसपीलाई दर्ज्यानी चिन्ह

Nepalmuhar February 16, 2025
हालै बढुवा भएका नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)ले दर्ज्यानी चिन्ह पाएका छन्। फागुन २ गते प्रहरी निरीक्षक पदबाट बढुवा भएका ७५ जनामध्ये ७२ जनालाई आइतबार दर्ज्यानी चिन्ह दिइएको हो। तीन जनामध्ये दुई जना सिलसिलामा संयुक्त राष्ट्र संघको मिसनमा र एक जना तालिममा रहेकाले उनीहरूले पछि दर्ज...

हालै बढुवा भएका नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)ले दर्ज्यानी चिन्ह पाएका छन्।

फागुन २ गते प्रहरी निरीक्षक पदबाट बढुवा भएका ७५ जनामध्ये ७२ जनालाई आइतबार दर्ज्यानी चिन्ह दिइएको हो। तीन जनामध्ये दुई जना सिलसिलामा संयुक्त राष्ट्र संघको मिसनमा र एक जना तालिममा रहेकाले उनीहरूले पछि दर्ज्यानी चिन्ह लिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरे।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको चर्चा गर्दै व्यक्तिगत लाभ र स्वार्थ भन्दामाथि उठेर एकजुट भई प्राप्त जिम्मेवारीलाई निष्ठापूर्वक ढंगबाट उच्च समर्पण भावका साथ कार्यसम्पादनमा खरो उत्रन कुँवरले निर्देशन दिए।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायब उपरीक्षक सुरेन्द्रप्रसाद जोशीले संगठनको छवि उच्च राख्दै प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे।

Featured दर्ज्यानी चिन्ह डिएसपी