Nepalmuhar Full version →
राजनीति

प्रिन्स साहको अध्यक्षतामा आम विद्यार्थी मोर्चाको ७५ सदस्यीय रौतहट जिल्ला कमिटी गठन

Nepalmuhar August 25, 2025
आम जनता पार्टी (आजपा) निकटको आम विद्यार्थी मोर्चा रौतहट जिल्ला कमिटीको अध्यक्षमा प्रिन्स साह (आलोक) सर्वसम्मत निर्वाचित भएका छन् । रौतहटको गरुडामा आज आम विद्यार्थी मोर्चाको सम्पन्न जिल्ला भेलाले साहलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । ७५ सदस्यीय विद्यार्थी मोर्चाको उपाध्यक्षमा अफरोज आलम, अनि...

आम जनता पार्टी (आजपा) निकटको आम विद्यार्थी मोर्चा रौतहट जिल्ला कमिटीको अध्यक्षमा प्रिन्स साह (आलोक) सर्वसम्मत निर्वाचित भएका छन् ।

रौतहटको गरुडामा आज आम विद्यार्थी मोर्चाको सम्पन्न जिल्ला भेलाले साहलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

७५ सदस्यीय विद्यार्थी मोर्चाको उपाध्यक्षमा अफरोज आलम, अनिसा पासवान, सचिवमा रामबाबु साह, सहसचिवमा सतेन्द्र कुमार यादव, कमल यादव रहेका छन् । यसैगरी सदस्यहरुमा रामप्रवेश पटेल, ललन साह, रिषी साह, रमित साह, धिरज यादव, बिजय यादव लगायतका रहेको नवनिर्वाचित अध्यक्ष साहले जनाएका छन् ।

भेलामा आजपा कार्यालय सदस्य एवं पूर्व सांसद समिना हुसेन, रौतहट जिल्ला अध्यक्ष नरेश तुरहा, आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साह सहित जिल्लाका अगुवा नेताहरुको समेत विशेष सहभागिता रहेको थियो ।

भेलाले रौतहट जिल्लामा विद्यार्थीको अनुपातमा बिषयगत र तहगत शिक्षकको अभाव रहेकाले त्यसका लागि संघर्षका कार्यक्रम अगाडी बढाउने निष्कर्ष समेत निकालेको छ । विगतमा विद्यार्थी अनुपातमा शिक्षकको माग गर्दै आन्दोलन गर्दै आएको आम विद्यार्थी मोर्चाले अगामी दिनमा आन्दोलनका कार्यक्रम थप शसक्त रुपमा अगाडी बढाउने निर्णय गरेको छ ।

‘२ लाख विद्यार्थी संख्या रहेको रौतहट जिल्लामा ४ हजार शिक्षकको ठाउँमा जम्मा १८ सय शिक्षक रहेकोमा शिक्षकको अभावलाई ध्यानमा राखि विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था गराउन सशक्त विद्यार्थी आन्दोलन गर्ने निर्णय सहित आम विद्यार्थी मोर्चाको रौतहट जिल्ला भेला भव्यताका साथ सम्पन्न भएको छ,’ विद्यार्थी मोर्चाका अध्यक्ष साहले भने ।

रौतहट प्रिन्स साह