Nepalmuhar Full version →
समसामयिक

काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको बस विनयी खोलाले बगायो, ३८ यात्रुको उद्धार

Nepalmuhar June 20, 2025
काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको यात्रु बस पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले बगाएको छ। बसमा सवार ३८ जना यात्रुको भने सकुशल उद्धार गरिएको छ । भे १ ख ४०८५ नम्बरको बस गएराति करिब ११ बजेतिर बाढीले बगाएको हो। बस बाढीले बगाए पनि त्यसमा सवार तीन शिशुसहित सबै ३८ यात्रुको सकुशल उद्धार...

काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको यात्रु बस पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले बगाएको छ। बसमा सवार ३८ जना यात्रुको भने सकुशल उद्धार गरिएको छ । भे १ ख ४०८५ नम्बरको बस गएराति करिब ११ बजेतिर बाढीले बगाएको हो।

बस बाढीले बगाए पनि त्यसमा सवार तीन शिशुसहित सबै ३८ यात्रुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालले जानकारी दिएमा छ।

बाढीले बगाएको बस घटनास्थलबाट एक किलोमिटर तल फेला परेको प्रहरीको भनाइ छ।

नेपालगन्ज विनयी खोला