सभापति शेरबहादुर देउवाको निवासमा नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दैछ । बैठक सभापति देउवा निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्ने लागेको हो ।
बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समीक्षालगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकमा गृह मन्त्री एवम् देउवाका विस्वासपात्र रमेश लेखकलगायत केही मन्त्रीहरुलाई पनि बोलाइएको छ ।