Nepalmuhar Full version →
समसामयिक

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

Nepalmuhar July 29, 2025
 वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । सो अभियोगमा ललितपुर गोदावरी नगरपालिका–२८ बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका–१ घर भएका ३४ वर्षीय बुद्धीबहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।  तामाङले कम्बोडिया पठाइदिन्छु भन्दै...

 वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । सो अभियोगमा ललितपुर गोदावरी नगरपालिका–२८ बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका–१ घर भएका ३४ वर्षीय बुद्धीबहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। 

तामाङले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर गोदावरी नगरपालिका–१० बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 


कम्बोडिया ठगी