Nepal Muhar Full version →
विविध

ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने, बागमतीमा आइतबारदेखि परीक्षण गरिदै

nepalmuhar October 19, 2024
सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस बारे जानकारी दिदै नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने भएको बताएका हुन् । सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डि...

सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस बारे जानकारी दिदै नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने भएको बताएका हुन् ।

सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको बताएका छन् ।

भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने भएको उनले बताए । 

नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको र कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा लागेको प्रधानमन्त्री ओलीले बताएका छन् । यसबाट राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।

Featured