निर्वाचन आयोगले अनिलकुमार झालाई नेपाल सदभवना पार्टी र पञ्जा छाप दिने निर्णय गरेको छ । आज बसेको आयोगको बैठकले झालाई पार्टी र चुनाव चिन्ह दिने निर्णय गरेको हो।
`निर्वाचन आयोगले मेरो पक्षमा निर्णय गर्दै नेपाल सदभावना पार्टी र पञ्जा छाप दिने निर्णय गरेको छ, पत्र भोलीसम्म पाउँछु होला,`झाले भने ।
रामकुमार महतो र झा बिच सो पार्टी र चिन्हका बारेमा कानुनी लडाई चलिरहेको थियो। `६० प्रतिशत भन्दा बढी केन्द्रीय नेताले मेरो पक्षमा हस्ताक्षर गरे पछि पार्टी र चिन्ह मैले पाएको हुँ,´ झाले भने ।
आयोगले झाको पक्षमा निर्णय गरे पछि महतो भने अदालत जाने भएका छन् । `अब म अदालत जान्छु, यो जालझेलपुर्ण निर्णयको बिरोधमा उभिन्छु।`