Nepalmuhar Full version →
समसामयिक

वैदेशिक रोजगारीमा ठगी गर्ने २७ वर्षपछि पक्राउ

Nepalmuhar December 17, 2025
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले वैदेशिक रोगजारीमा ठगी गर्ने जना फरार प्रतिवादीलाई २७ वर्षपछि पक्राउ गरेको छ । वैदेशिक रोजगारी ठगी मुद्दामा जिल्ला अदालत स्याङ्जाले २०५५ साल जेठ २५ गते फैसला सुनाएसँगै फरार रहेका पुतलीबजार नगरपालिका–९ का ७० वर्षीया कृष्ण कुमारी गुरुङलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको...

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले वैदेशिक रोगजारीमा ठगी गर्ने जना फरार प्रतिवादीलाई २७ वर्षपछि पक्राउ गरेको छ ।

वैदेशिक रोजगारी ठगी मुद्दामा जिल्ला अदालत स्याङ्जाले २०५५ साल जेठ २५ गते फैसला सुनाएसँगै फरार रहेका पुतलीबजार नगरपालिका–९ का ७० वर्षीया कृष्ण कुमारी गुरुङलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो ।

अदालतले गुरुङलाई ९९ हजार १५० रुपियाँको जरिवाना तिराउने फैसला गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाको विशेष अप्रेशन टोलीले गुरुङलाई पक्राउ गरी जरिवाना भुक्तानको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

वैदेशिक रोजगारी