Nepal Muhar Full version →
राजनीति

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

nepalmuhar April 1, 2026
नेकपा (एमाले) को संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल निर्विरोध चयन भएका छन्। पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन गरेको निर्वाचन समितिका संयोजक निरज आचार्यले बताए। बादल समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्। दलको नेतामा सुहाङ नेम्वाङले दाबी...

नेकपा (एमाले) को संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल निर्विरोध चयन भएका छन्।

पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन गरेको निर्वाचन समितिका संयोजक निरज आचार्यले बताए। बादल समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्।

दलको नेतामा सुहाङ नेम्वाङले दाबी गरेका भए पनि अन्तिममा फिर्ता गराइएको थियो । एमालेले प्रत्यक्षमा ९, समानुपातिकबाट १६ गरी २५ जना सांसद छन् । एमाले प्रतिनिधि सभामा तेस्रो दल बनेको छ।

Featured एमाले संसदीय दल