नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव), विघटित नेकाप (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा र विघटित नेकपा (एकीकृत समाजवादी) का महासचिव जनार्दन शर्माले भलाकुसारी गरेका छन् । विप्लव निवास हरिसिद्धिमा यी तीन नेताले भलाकुसारी गरेका हुन् । विप्लवसँग कुराकानी गनृ शर्मा र भूसाल आज शुक्रवार बिहानै हरिसिद्दीस्थित विप्लव निवास पुगेका थिए ।
तीन नेताले जेनजी विद्रोह, आ(आफ्ना दलका शीर्ष नेताहरुको चरित्र, उनीहरुको नेतृत्वमा टासिइरहने प्रवृति आदिमाथि गहन छलफल गरेका बुझिएको छ । साथै पछिल्लो विकसित परिस्थिति र आगामी सहकार्यका विषयमा समेत उनीहरुबीच छलफल भएको थियो । कम्युनिस्ट आन्दोलन र आगामी निर्वाचनका विषयमा समेत उनीहरुबीच गम्भीर छलफल भएको विप्लव निकट एक नेताले बताएका छन् ।