Nepalmuhar Full version →
राजनीति

सर्वपक्षीय सरकार गठन गर्न राष्ट्रपति समक्ष विप्लवको १० दिने अल्टिमेटम

Nepalmuhar December 24, 2025
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । मंगलबार शीतल निवास पुगेर महासचिव विप्लव सीले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सुधारका विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । जेनजी आन्दोलनपछि राजनीति...

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । मंगलबार शीतल निवास पुगेर महासचिव विप्लव सीले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सुधारका विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

जेनजी आन्दोलनपछि राजनीतिक अन्योलता बढेको भन्दै विप्लवको पार्टीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ । गणतन्त्रपछिका १८ वर्षमा मौलाएको भ्रष्टाचार, दलीयकरण र बेरोजगारीका कारण जेनजीहरु सडकमा उत्रिएको दाबी गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था र संविधानको पुनर्लेखन हुनुपर्ने पनि अडान राखिएको छ ।

भदौ २३(२४ को गोलीकाण्ड र विध्वंसका दोषीलाई कडा कारबाही गरिनुपर्ने, भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने उनीहरूको सम्पत्ति राष्ट्रियकरण र जन्मकैदको सजाय हुनुपर्ने, कालोधन नियन्त्रणका लागि ५ सय र १ हजारका नोट खारेज गर्नुपर्नेलगायतका माग विप्लवको छ । १० दिनभित्र माग सम्बोधन नगरे सडक संघर्षमा उत्रिने चेतावनी दिइएको छ ।

Featured विप्लव सर्वपक्षीय सरकार