Nepal Muhar Full version →
राजनीति

सचिवालय बैठकमा एमाले अध्यक्ष ओलीको व्रिफिङ– एनजीओको एजेन्डा बोक्ने एक ठाउँ भए

nepalmuhar January 6, 2026
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गैरसरकारी संस्था (एनजीओ) को एजेन्डा बोक्नेहरू एक ठाउँ जम्मा भएको टिप्पणी गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा ओलीले रास्वपालक्षित एकतामा यस्तो टिप्पणी गरेका हुन् । “कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा उत्रिएका छन् भने कत...

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गैरसरकारी संस्था (एनजीओ) को एजेन्डा बोक्नेहरू एक ठाउँ जम्मा भएको टिप्पणी गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा ओलीले रास्वपालक्षित एकतामा यस्तो टिप्पणी गरेका हुन् ।

“कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा उत्रिएका छन् भने कतिपय स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएका छन्,” ओलीले भने, “विकासको नाममा एनजीओको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई योजनाबद्ध रूपमा बदनाम गर्ने षड्यन्त्रका साथ विभिन्न दाग लागेका र अक्षम व्यक्तिहरूलाई एक ठाउँमा जम्मा गरिएको देखिन्छ ।”

त्यसरी एक भएकाले भदौ २३ र २४ गतेको घटनाको जस लिन नसकेको उनको भनाइ छ । त्यति बेलाको क्षतिको भारीबाट पनि उनीहरू पन्छिन् नसकेको उनले टिप्पणी गरे । “न त आन्दोलनको जस लिन सके न त देशलाई क्षति पुर्‍याउने भारीबाट पन्छिन सके । अन्ततः देश ध्वस्त बनाउने कामको जिम्मेवारी उनीहरूले नै लिनुपर्ने अवस्था आएको छ,” ओलीले भनेका छन्।

Featured सचिवालय बैठक ओली