Nepal Muhar Full version →
समसामयिक

काठमाडौं उपत्यकामा चिसो बढ्दो, तापक्रम झर्यो ३.९ डिग्री सेल्सियसमा

nepalmuhar December 12, 2024
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दानेक्रममा छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि उपत्यकाको मौसम भने सफा रहने छ । अहिले बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको एवम् यसबेला थोरै बढेर ४ डिग्री सेल्सियसमा पुगेको जल तथा मोसम विभागले जनाएको छ । वि...

काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दानेक्रममा छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि उपत्यकाको मौसम भने सफा रहने छ । अहिले बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको एवम् यसबेला थोरै बढेर ४ डिग्री सेल्सियसमा पुगेको जल तथा मोसम विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसोको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने छ ।

जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार भोलि शुक्रबार बिहान उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागले सोहीअनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

काठमाडौं उपत्यका तापक्रम