Nepalmuhar Full version →
राजनीति

उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा

Nepalmuhar November 21, 2024
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन हुने बताएका छन्। नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनको ३५औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले भारतलगायत देशमा यही व्यवस्था रहको स्मरण गर्दै उक्त कुरा बताएका हु...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन हुने बताएका छन्।

नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनको ३५औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले भारतलगायत देशमा यही व्यवस्था रहको स्मरण गर्दै उक्त कुरा बताएका हुन्।

‘संविधान संशोधन किन भनिरहेका छन्। उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने खास हाम्रो सल्लाह भएर नै संविधान संशोधन भनिएको हो,’ उनले भने।

कांग्रेस सभापति देउवाले प्रजातन्त्रबिरुद्ध हुने गरी संविधान संशोधन नहुने बताए। ‘प्रजातन्त्रलाई कमजोर बनाउने कुरा मै मान्दिनँ। धेरै लडेको मान्छे हो, प्रजातन्त्रको लागि, जेल परेको मान्छे हो। प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रजातन्त्रको लागि लडेको मान्छे हो,’ उनले भने।

Featured राष्ट्रियसभा संविधान संशोधन