Nepalmuhar Full version →
राजनीति

सुशासन कायम गर्न कुलिङ पिरियडः सञ्चारमन्त्री गुरुङ

Nepalmuhar July 16, 2025
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुड गभर्नेन्सका लागि निजामती विधेयकमा कुलिङ पिरियड राखिएको बताएका छन् । राष्ट्रिय सभामा निजामती विधेयकबारे सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले उक्त प्रष्टोक्ति दिएका हुन् । उनले अभ्यासका क्रममा देखिएका खोटहरु फाल्न यो व्यवस्था गरिएक...

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुड गभर्नेन्सका लागि निजामती विधेयकमा कुलिङ पिरियड राखिएको बताएका छन् । राष्ट्रिय सभामा निजामती विधेयकबारे सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले उक्त प्रष्टोक्ति दिएका हुन् ।

उनले अभ्यासका क्रममा देखिएका खोटहरु फाल्न यो व्यवस्था गरिएको बताए । गुरुङले रिटायर भएको भोलिपल्टै अख्तियार प्रमुख, राजदुत भएर जाने पद्दतिले गुड गभर्नेन्समा असर पर्ने सुनाए । प्रजातन्त्र र व्यवस्थाप्रति लोयल नभइ आफ्नो स्वार्थका लागि राजीनामा दिएर नियुक्ति खाने परिपाटी अन्त्य गर्न यो व्यवस्था ल्याइएको जिकिर गरे ।

मन्त्री गुरुङले भने, ‘कुलिङ अफ पिरियडको व्यवस्था किन गर्न खोजेको हो भने अभ्यासमा त हामीले देखिरहेका छौँ । हाम्रो अभ्यासमा देखिएका खोटहरुलाई हामीले फाल्न खोजेको हो । रिटायर भएको भोलिपल्टै अख्तियार प्रमुख, राजदुत भएर जाने वा कुनै पनि सरकारी निकायमा रहने कुरा स्वार्थका आधारमा उसले आजको दिनमा डेमोक्रेसीप्रति र हाम्रो व्यवस्थाप्रति लोयल नभइकन आफ्नो स्वार्थप्रति काम गर्ने परिस्थिति बन्दा गुड गभर्नेन्समा असर गर्छ भनेर त्यस्तो चिजबाट मुक्त ब्युरोक्रेसी खोजेको हो ।’

गुरुङले रिटायर भएको भोलिपल्ट अर्को निकायमा जाने कुराले गुड गभर्नेन्समा असर पर्ने जनाए ।

सुशासन पृथ्वीसुब्बा गुरुङ