Nepalmuhar Full version →
राजनीति

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nepalmuhar June 5, 2025
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले नेपालविरुद्ध विशेष अदालत काठमाडौं मुद्दा दायर गरेको हो। नेृपाल प्रतिनिधिसधा सदस्य समेत हुन् । बनेपाको पतञ्जली जग्गा हिनामिना प्रकरणमा आयोगले पूर्वप्रधानमन्त्री समेत रहे...

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले नेपालविरुद्ध विशेष अदालत काठमाडौं मुद्दा दायर गरेको हो। नेृपाल प्रतिनिधिसधा सदस्य समेत हुन् ।

बनेपाको पतञ्जली जग्गा हिनामिना प्रकरणमा आयोगले पूर्वप्रधानमन्त्री समेत रहेका नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार स्रोतले जनाएको छ। पूर्वप्रधानमन्त्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको यो पहिलो पटक हो।

विशेष अदालतमा मुद्दा दायर भएपछि उनी स्वत निलम्बन हुन्छन् । भ्रष्टाचार मुद्दाकै कारण सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद मोहनबहादुर बस्नेत निलम्बन भइसकेका छन् ।

Featured भ्रष्टाचार मुद्दा माधव नेपाल