Nepalmuhar Full version →
राजनीति

माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै

Nepalmuhar January 6, 2025
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट पनि जारी रहनेछ । हिजोबाट स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा सुरू केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको हो । केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरे...

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट पनि जारी रहनेछ । हिजोबाट स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा सुरू केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको हो ।

केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

सो अघि बिहान ८ बजे स्थायी कमिटी बैठक बसेर केन्द्रीय समितिका अजेन्डा र बैठक सञ्चालन विधि तय गरेको थियो । आजबाट केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम सुरू हुनेछ । 


Featured केन्द्रीय समिति माओवादी