Nepalmuhar Full version →
राजनीति

पुस २१ गतेदेखि सुरू हुने माओवादी केन्द्रिय समिति बैठकको अजेन्डा तय

Nepalmuhar January 2, 2025
नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठकको अजेण्डा तय गरेको छ । आगामी पुस २१ गते देखी सुरू हुने केन्द्रिय समितिको बैठकका लागि अजेन्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । पुर्व उपराष्ट्रपति नन्दकिशोर पुनसमेत उपस्थित रहेको स्थायी समिति बैठकले  केन्द्रिय समितिमा अध्यक्ष पुष्पकमल...

नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठकको अजेण्डा तय गरेको छ ।

आगामी पुस २१ गते देखी सुरू हुने केन्द्रिय समितिको बैठकका लागि अजेन्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

पुर्व उपराष्ट्रपति नन्दकिशोर पुनसमेत उपस्थित रहेको स्थायी समिति बैठकले  केन्द्रिय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गर्ने, दोस्रोमा प्रदेशका अध्यक्षहरुले रिपोर्टिङ गरिने, साथै केन्द्रीय अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने एजेण्डा तय गरेको उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय परिवेशमा ध्यानमा राखेर राष्ट्रिय विषयका सबालमा ध्यान दिनु पर्नेलगायत बिषयमा छलफल भएको थियो । त्रिभुवन विश्वविद्यालयको सिनेटको बैठक सम्बन्धित प्राज्ञिक स्थानमै गएर गर्नुपर्ने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविको सिनेट बैठक सिंहदरबारमा गरेर मेरिटोक्रेसी र पारदर्शिताको विपरीत रहेको माओवादीको ठम्याइ रहेछ ।

Featured बैठक माओवादी