Nepalmuhar Full version →
राजनीति

माओवादीबाट प्राडा शिवशरण महर्जन कीर्तिपुर नगरपालिकाको मेयरको उम्मेदवार

Nepalmuhar November 5, 2024
नेकपा माओवादी (केन्द्र) ले करिब एक मिहनापछि मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उमेदवार बनाउने निर्णय गरेको छ । हिजो कात्तिक १९ गते सोमबार बसेको माओवादी केन्द्र कीर्तिपुर नगर समितिको बैठकले महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्म...

नेकपा माओवादी (केन्द्र) ले करिब एक मिहनापछि मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

हिजो कात्तिक १९ गते सोमबार बसेको माओवादी केन्द्र कीर्तिपुर नगर समितिको बैठकले महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो।

पार्टी उपाध्यक्ष, बागमती प्रदेश इन्चार्ज एवम् प्रवक्ता अग्नि सापकोटाको कमाण्डमा बसेको बैठकले उम्मेदवार तय गर्दै चुनावमा पार्टीका सबै जनशक्ति परिचालन हुन आह्वान गरेको छ।

सत्तारुढ दल नेकपा एमालेले भने कीर्तिपुरका लागि यसअघि नै डा। सुरेन्द्र मानन्धरलाई मेयरको उम्मेदवार तोकिसकेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयरमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने घोषणा गरेको छ।

कीर्तिपुरका मेयर राजकुमार नकर्मीको क्यान्सरका कारण २०८१ साउन ११ गते निधन भएकाले सो स्थान रिक्त छ।क्यान्सरकै कारण कीर्तिपुर वडा नं. १ का वडाध्यक्ष हीरालाल महर्जनको २०८० फागुनमा निधन भएको थियो ।

त्यस्तै मोटरसाइकल दुर्घटनामा परी वडा नं. ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको २०८० वैशाखमा निधन भएकाले यी सबै रिक्त स्थानमा उपचुनाव हुँदै छ।

Featured माओवादी कीर्तिपुर