Nepalmuhar Full version →
समसामयिक

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त

Nepalmuhar July 9, 2025
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. दीपक अर्याल (विद्यावारिधि) नियुक्त भएका छन्। कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई आज बुधबार उपकुलपति नियुक्त गरेका हुन्। शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा गठित सिफारिस समितिले अर्यालका साथै खड्ग केसी र विनिल अर्यालको नाम पठाएको थियो...

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. दीपक अर्याल (विद्यावारिधि) नियुक्त भएका छन्। कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई आज बुधबार उपकुलपति नियुक्त गरेका हुन्।

शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा गठित सिफारिस समितिले अर्यालका साथै खड्ग केसी र विनिल अर्यालको नाम पठाएको थियो। नवनियुक्त उपकुलपति अर्याल त्रिभुवन विश्वविद्यालयकै जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन्।

त्रिविमा गत चैत १५ गतेदेखि उपकुलपति पद रिक्त थियो। केशरजंग बरालले उपकुलपति पदबाट राजीनामा दिएपछि खड्ग केसीलाई कार्यवाहक तोकिएको थियो। त्रिविले साढे तीन हमीनापछि उपकुलपति पाएको हो ।

Featured उपकुलपति दीपक अर्याल