Nepalmuhar Full version →
राजनीति

प्रमुख सचेतक र सभामुखको छलफल जारी

Nepalmuhar June 4, 2025
प्रतिनिधिसभाको अवरोध हटाउनेबारे सभामुख देवराज घिमिरेले दलका प्रमुखसचेतकसहितका नेताहरूसँग छलफल जारी 5 . विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेलगत्तै अहिले उनले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमु...

प्रतिनिधिसभाको अवरोध हटाउनेबारे सभामुख देवराज घिमिरेले दलका प्रमुखसचेतकसहितका नेताहरूसँग छलफल जारी 5 . विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेलगत्तै अहिले उनले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।

छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन्। त्यस्तै कानुनमन्त्री अजयकुमार चौरासिया पनि छलफलमा सहभागी छन्।

प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताको आरोप लगाउँदै पदबाट राजीनामा दिनुपर्ने अडान राखेका छन्। उनीहरूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने, उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने माग राखेर लगातार संसद् बैठक अवरोध गर्दै आइरहेका छन्।

सदन चलाउने विषयमा सहमति नहुँदा मंगलबार बैठक नै नबसी आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो। तर बैठक अझै सुरु भएको छैन।

Featured सभामुख प्रमुख सचेतक