Nepalmuhar Full version →
राजनीति

संसद् सुचारु गर्न सभामुख र प्रमुख सचेतकहरुबीच छलफल जारी

Nepalmuhar May 28, 2025
भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा अवरोध जारी राख्ने भएपछि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। संसद् सुचारु गरेर आर्थिक सर्वेक्षण पेस गर्ने वातावरणका लागि सभामुख घिमिरे सक्रिय भएका हुन्। संविधान अनुसार भोलि सद...

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा अवरोध जारी राख्ने भएपछि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। संसद् सुचारु गरेर आर्थिक सर्वेक्षण पेस गर्ने वातावरणका लागि सभामुख घिमिरे सक्रिय भएका हुन्।

संविधान अनुसार भोलि सदनमा वार्षिक बजेट पेस गर्नुपर्नेछ । तर,हिजो पेस गर्ने भनिएको आर्थिक सर्वेक्षण पेस हुन सकेको छैन ।

आज पनि सभामुखले आफ्नै कार्यकक्षमा प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका छन् । सत्तारुढ नेपाली कांग्रेस( नेकपा एमालेको बैठकले गृहमन्त्रीले राजीनामा पनि नदिने र संसद्‌मा उठेका प्रश्नहरूको जवाफ दिने निर्णय गरेको छ । यसबाट प्रतिपक्ष दलहरु थप रुष्ट भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षीले गृहमन्त्रीको राजीनामालाई नै बटमलाइन बनाएपछि सभामुखले सहमतिको प्रयास गरेका हुन्। यद्यपि उनको प्रयास फलदायी नहुने एक जना सचेतकले बताएका छन् ।

Featured संसद् सुचारु