Nepalmuhar Full version →
राजनीति

शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथि छलफल हुने

Nepalmuhar May 18, 2025
संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ः३० बजे देखी सुरू हुनेछ । जुन बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन पेश गरिनेछ...

संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।

जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ः३० बजे देखी सुरू हुनेछ । जुन बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन पेश गरिनेछ ।

उता, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा पुरानै अजेन्डा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हालसम्म भएका काम कारवाही प्रगति एवं आगामी कार्ययोजनाका बारेमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

उता, दिउँसो १ः०० बजेवाट सुरू हुने विधायन व्यवस्थापन समितिको बैठकमा भने ऐन कार्यान्वयन मापनको स्थलगत अध्ययनको समिक्षा सम्बन्धमा छलफल हुने जनाइएको छ ।


Featured शिक्षा विधेयक शिक्षा समिति