Nepalmuhar Full version →
अन्तर्राष्ट्रिय

बिरामीलाई मुक्का हान्दै गरेको भिडियो भाइरल भएपछि चिकित्सक निलम्बित

Nepalmuhar December 26, 2025
‘तँ’ भनेपछि विवाद, प्रहरीमा मुद्दा दर्ता बिरामीलाई मुक्का हान्दै गरेको भारतीय चिकित्सकको भिडियो भाइरल भएपछि चिकित्सकलाई निलम्बित गरिएको छ । भारतको उत्तरी राज्य हिमाचल प्रदेशको राजधानी शिमलास्थित एक सरकारी अस्पतालका सिनियर रेजिडेन्ट चिकित्सकलाई निलम्बन गरी उनीविरुद्ध मुद्दा दर्ता गरेको साउथ चाइना मोर...

‘तँ’ भनेपछि विवाद, प्रहरीमा मुद्दा दर्ता

बिरामीलाई मुक्का हान्दै गरेको भारतीय चिकित्सकको भिडियो भाइरल भएपछि चिकित्सकलाई निलम्बित गरिएको छ । भारतको उत्तरी राज्य हिमाचल प्रदेशको राजधानी शिमलास्थित एक सरकारी अस्पतालका सिनियर रेजिडेन्ट चिकित्सकलाई निलम्बन गरी उनीविरुद्ध मुद्दा दर्ता गरेको साउथ चाइना मोर्निङ पोष्टले जनाएको छ ।

अस्पतालको वार्डभित्रै एक बिरामीलाई लगातार मुक्का प्रहार गरिरहेको दृश्य समेटिएको भिडियो भाइरल भएपछि उनीमाथि छानबिन सुरु भएको हो ।

सोमबार इन्दिरा गान्धी मेडिकल कलेज तथा अस्पताल ९आईजीएमसी०मा एक कुरुवाले खिचेको मोबाइल फुटेजमा मास्क लगाएका चिकित्सकले बेडमा सुतिरहेका एक व्यक्तिलाई मुक्का प्रहार गरिरहेको देखिन्छ । सोही समयमा अर्का एक कर्मचारीले बिरामीको खुट्टा समातेर उनलाई प्रतिकार गर्नबाट रोकेको देखिन्छ ।

प्रहरीले श्वासप्रश्वास औषधि ९पल्मोनरी मेडिसिन० विभागका ३१ वर्षीय चिकित्सक डा। राघव नरुलाविरुद्ध फौजदारी उजुरी दर्ता गरेको छ । अस्पताल प्रशासनले घटनाको छानबिन गर्न र दोषी पहिचान गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

‘तँ’ भनेपछि विवाद
३६ वर्षीय बिरामी अर्जुन पनवारले चिकित्सकले आफूलाई ‘तँ’ भनेर बोलाएकोमा आपत्ति जनाएपछि विवाद सुरु भएको बताइएको छ । पनवारले एनडीटीभीसँग भने, “मेरो भर्खरै ब्रोन्कोस्कोपी गरिएको थियो । मलाई सास फेर्न गाह्रो भइरहेको थियो । मैले अक्सिजन माग्दा डाक्टरले मेरो भर्नाको अवस्थाबारे प्रश्न गरे र रुखो व्यवहार गरे ।”

उनले थपे, “मैले उनलाई सम्मानपूर्वक बोल्न आग्रह गरेँ, तर उनी झन् आक्रामक भए । मैले ‘तपाईं परिवारसँग पनि यसरी नै बोल्नुहुन्छ रु’ भनी सोध्दा उनले व्यक्तिगत कुरा निकालेको भन्दै मलाई कुटपिट गर्न थाले ।”

सरकार र अस्पतालको प्रतिक्रिया
हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खुको आदेशमा आन्तरिक छानबिन समिति गठन गरिएको हो । उनले यस घटनालाई अस्वीकार्य भनेका छन् । प्रदेशका स्वास्थ्य मन्त्री धनिराम शान्डिलले गल्ती प्रमाणित भएमा कडा कारबाही गरिने बताएका छन् ।

निलम्बनपछि डा. नरुलाले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै कुनै पछुतो नभएको बताएका छन् । उनले बिरामीले बिना उक्साहट आफूलाई गालीगलौज गरेको आरोप लगाए ।

नरुलाले भने, “तपाईंहरूले केवल १०–१५ सेकेन्डको भिडियो देख्नुभएको छ । तर, विवाद त्यसअघि नै ५–१० मिनेटदेखि सुरु भएको थियो ।” उनले बिरामीले आफूलाई फलामको रडले प्रहार गर्न खोजेको र आफूले आत्मरक्षाका लागि मात्रै मुक्का प्रहार गरेको दाबी गरेका छन् ।

यस घटनाले हिमाचल प्रदेशमा राजनीतिक विवादसमेत निम्त्याएको छ । विपक्षी नेताहरूले यसलाई सरकारी अस्पतालहरूको खस्कँदो अवस्थाको उदाहरणका रूपमा चित्रण गरेका छन् भने चिकित्सक संघहरूले निष्पक्ष छानबिनको माग गरेका छन् ।
माइन्युज/बाह्खरीबाट

चिकित्सक बिरामी