Nepalmuhar Full version →
राजनीति

एमालेनिकट अनेरास्ववियुको अध्यक्षमा डा. कडरियाले गरे उम्मेदवारी तयारी

Nepalmuhar June 7, 2025
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरियाले उम्मेदवारी दिने तयारी गरेका छन्। २५ जेठमा हुने २४ औं महाधिवेशनमा उनले उम्मेदवारी दिने तयारी गरेका हुन्। उनी हाल अनेरास्ववियुको संगठनको सचिव छन्। आफूले अनेरास्ववियुभित्रका गतिविधिमा सक्रियता जनाएको, संगठनमा सक्रिय रहेको, उपचार क्षे...

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरियाले उम्मेदवारी दिने तयारी गरेका छन्।

२५ जेठमा हुने २४ औं महाधिवेशनमा उनले उम्मेदवारी दिने तयारी गरेका हुन्। उनी हाल अनेरास्ववियुको संगठनको सचिव छन्।

आफूले अनेरास्ववियुभित्रका गतिविधिमा सक्रियता जनाएको, संगठनमा सक्रिय रहेको, उपचार क्षेत्रमा सहज सेवा प्रदान गरेको, गाउँ-गाउँमा पुगेर उपचार सेवा दिएको लगायत योगदानका कारण आफू आगामी नेतृत्वका लागि योग्य उम्मेदवार भएको उनले बताए।

आफू फरक विधामा कार्यरत रहेकाले पनि संगठनले आफूलाई टिकट दिनेमा उनी ढुक्क छन्। २०७३ सालमा नवीना लामा संगठनको अध्यक्ष हुँदा उनी काठमाडाैं विश्वविद्यालय अनेरास्ववियुको विद्यार्थी कल्याण परिषद्को संस्थापक अध्यक्ष थिए।

यसैगरी, डा. कडरियाले चिकित्सा क्षेत्रमा भएको भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आइरहेका छन्। उनीसँग नेसनल मेडिकल स्टुडेन्ट्स एसाेसिएसनका संस्थापक अध्यक्षको रूपमा काम गरेको अनुभवसमेत छ।

उनले २०७२ को महाभूकम्पकाे समयमा सिन्धुपाल्चोकमा स्वयंसेवक भएर काम गरेका थिए। यसैगरी कोरोना महामारीको समयमा पनि धुलिखेल अस्पतालमा अहोरात्र खटिएका थिए।

कोरोना महामारीकै बेला उनले रामेछापमा पुगेर दुई हजार सात सय बिरामीको उपचारसमेत गरेका थिए। जाजरकोटमा भूकम्प गएको बेला पनि उनी एक महिनासम्म उपचार र उद्धारमा खटिएका थिए।


Featured अनेरास्ववियु डा. सुजन कडरिया