Nepalmuhar Full version →
राजनीति

स्ववियु खारेजीविरूद्ध ८ विद्यार्थी संगठनले गुहारे सर्वोच्च, २८ गते सुनुवाइ

Nepalmuhar May 8, 2026
विश्वविद्यालयहरूबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को संरचना खारेज गर्ने सरकारको निर्णयविरूद्ध विभिन्न आठ विद्यार्थी संगठन सर्वोच्च अदालत पुगेका छन्। एमाले निकट अनेरास्ववियु, नेकपा निकट अनेरास्ववियु क्रान्तिकारी लगायत संगठनहरूले अध्यादेशबाट गरिएको स्ववियु खारेजीविरूद्ध शुक्रबार रिट दायर गरेका...

विश्वविद्यालयहरूबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को संरचना खारेज गर्ने सरकारको निर्णयविरूद्ध विभिन्न आठ विद्यार्थी संगठन सर्वोच्च अदालत पुगेका छन्।

एमाले निकट अनेरास्ववियु, नेकपा निकट अनेरास्ववियु क्रान्तिकारी लगायत संगठनहरूले अध्यादेशबाट गरिएको स्ववियु खारेजीविरूद्ध शुक्रबार रिट दायर गरेका हुन्। सर्वोच्चले यो रिट दर्ता गरिसकेको छ। यसको सुनुवाइका लागि २८ गते पेसी तोकिएको छ।

उक्त रिटमा विद्यार्थी संगठनहरूले संविधानप्रदत्त संगठन स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकार हनन भएको जिकिर गरेका छन्। उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय समेतलाई विपक्षी बनाएका छन्।

Featured सर्वोच्च स्ववियु खारेजी