Nepalmuhar Full version →
अर्थ

साढे छ केजी सुनसहित ११ जना भारतीय पक्राउ

Nepalmuhar August 9, 2025
जिल्ला प्रहरी कार्यालय कास्कीले करिब साढे छ केजी अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। हिजो शुक्रबार दिउँसोबाट अप्रेसन सुरु गरेर रातभर लगाएर उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । आज शनिबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओल...

जिल्ला प्रहरी कार्यालय कास्कीले करिब साढे छ केजी अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। हिजो शुक्रबार दिउँसोबाट अप्रेसन सुरु गरेर रातभर लगाएर उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

आज शनिबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले छ किलो चार सय ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए उनीहरूको साथबाट चाँदी चार सय ४४ तोला र पाँच लाख १४ हजार छ सय ६५ रुपियाँसमेत बरामद गरिएको आलियाको भनाइ छ ।

बरामद सुनको बजार मूल्य १० करोड ९७ लाख छ। पक्राउ परेका ११ जनालाई नै सामानसहित आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटबल पठाइने प्रहरी उपरीक्षक ओलियाले जानकारी दिए

पोखरा महानगरको वडा नम्बर २, ३, ४ र ९ का केही क्षेत्रमा अवैध तरिकाले सुन तथा चाँदीको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले शुक्रबार दिउँसो ४ बजेबाट कारबाही सुरु गरेको थियो। कारबाहीका क्रममा राजेन्द्र रामचन्द्र जगताप, मनिकलाल आदक, सन्दीप ढाव, सोमनाथ पाल, दीपक सामन्त पक्राउ परेका हुन् ।

प्रहरीले गोविन्दा दिण्डा, असित वर, तापस सामन्त, उज्वल भोमिक, सुनिता पवार, प्रोभास माझीलाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेका भारतीय नागरिकहरू कोलकाता र पश्चिम बङ्गाल घर भई लामो समयदेखि पोखरामा सुनचाँदी कालिगढका रूपमा कार्यरत रहेको प्रहरीको भनाइ छ ।

Featured पक्राउ सुन