Nepalmuhar Full version →
अन्तर्राष्ट्रिय

एलोन मस्कले गठन गरे ‘अमेरिका पार्टी’

Nepalmuhar July 6, 2025
विश्वका सबैभन्दा धनी अमेरिकी अर्बपति व्यापारी एलोन मस्कले नयाँ राजनीतिक पार्टी गठन गरेको हिजो शनिबार घोषणा गरेका छन् । उनले आफ्नो दलको नाम ‘अमेरिका पार्टी’ राखेका सीएनबीसी न्युजले जनाएको छ । एक दिनअघि उनले सामाजिक सञ्जाल एक्समा अमेरिका पार्टी गठन गर्न समर्थन गर्ने कि नगर्ने भनी सोध्दै एक सर्वेक्षण प...

विश्वका सबैभन्दा धनी अमेरिकी अर्बपति व्यापारी एलोन मस्कले नयाँ राजनीतिक पार्टी गठन गरेको हिजो शनिबार घोषणा गरेका छन् । उनले आफ्नो दलको नाम ‘अमेरिका पार्टी’ राखेका सीएनबीसी न्युजले जनाएको छ ।

एक दिनअघि उनले सामाजिक सञ्जाल एक्समा अमेरिका पार्टी गठन गर्न समर्थन गर्ने कि नगर्ने भनी सोध्दै एक सर्वेक्षण पोस्ट गरेका थिए । “२ देखि १ को अनुपातमा तपाईंहरू नयाँ राजनीतिक पार्टी चाहनुहुन्छ र तपाईंहरूले त्यो पाउनुहुनेछ १,” मस्कले एक्स पोस्टमा उल्लेख गरेका थिए ।

नयाँ पार्टीले अमेरिकीलाई स्वतन्त्रता फिर्ता दिने पनि उनले जिकिर गरेका छन् । नयाँ पार्टीले केवल दुई वा तीन सिनेट सिट र आठदेखि १० हाउस जिल्लामा ध्यानकेन्द्रित गर्न सक्ने उनले बताएका छन् ।

“संसद्हरूमा कानुन निर्माण गर्दा हुने थोरै मतको मार्जिनलाई ध्यानमा राख्दा यो पार्टीले विवादास्पद कानुनहरू निर्माण गर्दा निर्णायक मतको रूपमा काम गर्न पर्याप्त हुनेछ, जसले जनताको साँचो इच्छालाई सेवा गर्छ,” मस्कले अस्ति शुक्रबार भनेका थिए ।

सन् २०२४ को राष्ट्रपति निर्वाचनमा मस्क डोनाल्ड ट्रम्पका सबैभन्दा ठूलो चन्दादाता थिए । उनले पूरै अवधिमा २८० मिलियन डलरभन्दा बढी चन्दा दिए । मुख्य रूपमा राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्प र अरू रिपब्लिकनलाई पनि उनले समर्थन गरेका थिए ।

आम जनता पार्टी एलोन मस्क