Nepalmuhar Full version →
समसामयिक

पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा

Nepalmuhar November 27, 2024
पूर्वराजा ज्ञानेन्द्र शाह मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रको भ्रमणमा निस्किने भएका छन्। गत साता लुम्बिनी क्षेत्रको भ्रमणका क्रममा रुपन्देही पुगेका शाह आगामी साता त्यसतर्फ जान लागेका हुन्। पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकले बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै आगामी साता उनी नेपालगन्ज जाने नि...

पूर्वराजा ज्ञानेन्द्र शाह मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रको भ्रमणमा निस्किने भएका छन्। गत साता लुम्बिनी क्षेत्रको भ्रमणका क्रममा रुपन्देही पुगेका शाह आगामी साता त्यसतर्फ जान लागेका हुन्।

पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकले बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै आगामी साता उनी नेपालगन्ज जाने निश्चित भएको जानकारी गराए। पूर्वराजा शाहको साथमा उनकी पत्नी कोमल शाहसमेत रहने छिन्। लुम्बिनी भ्रमणका क्रममा बुद्ध धर्मावलम्बीहरूले शाहलाई भव्य स्वागत गरेका थिए।

अहिलेको भ्रमणका क्रममा हुने कार्यक्रमबारे पूर्वराजा शाहको सचिवालयले खुलाएको छैन।


Featured पूर्वराजा ज्ञानेन्द्र शाह