Nepal Muhar Full version →
अन्तर्राष्ट्रिय

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

nepalmuhar December 27, 2024
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । कांग्रेस आइका नेता शशि थरुरले यसवारेमा औपचारिक जानकारी दिएका छन् ।  ‘यो धेरै दुखको कुरा हो। उहाँ देशको सेवा गर्ने महान प्रधानमन्त्री हुनुहुन्थ्यो। हामी हाम्रा सबै कार्यक्रम रद्द गरेर दिल्ली फर्कदैछौं।’ उता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पन...

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । कांग्रेस आइका नेता शशि थरुरले यसवारेमा औपचारिक जानकारी दिएका छन् । 

‘यो धेरै दुखको कुरा हो। उहाँ देशको सेवा गर्ने महान प्रधानमन्त्री हुनुहुन्थ्यो। हामी हाम्रा सबै कार्यक्रम रद्द गरेर दिल्ली फर्कदैछौं।’

उता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सिंहको निधन प्रति दुःख ब्यक्त गरेका छन् ।  ‘डा. मनमोहन सिंह जी र म गुजरातको मुख्यमन्त्री हुँदा नियमित कुराकानी गर्थ्यौं। हामी सुशासनसँग सम्बन्धित विभिन्न विषयमा गहिरो छलफल गर्थ्यौं। उहाँको बुद्धिमत्ता र नम्रता सधैं देखिने थियो। दुखको यस घडीमा डा. मनमोहन सिंहजीको परिवार, उहाँका साथीहरू र अनगिन्ती प्रशंसकहरूसँग मेरो समवेदना छ। ओम शान्ति ।’

Featured पूर्वप्रधानमन्त्री मनमोहन सिंह