Nepalmuhar Full version →
राजनीति

जेनजीहरु अर्को आन्दोलनको तयारीमा, आज पत्रकार सम्मेलन

Nepalmuhar December 21, 2025
सरकालाई खबरदारी गर्दै दबाब दिन विभिन्न जेनजी समूहले संयुक्त आन्दोलनको तयारी गरेका छन् । ललितपुरको झम्सिखेलमा भएको जेनजी समूहको बैठकले आज डिल्लीबजारस्थित भोजनगृहमा पत्रकार सम्मेलन गरेर संयुक्त आन्दोलनको घोषणा गर्ने जानकारी दिएका छन् । बैठकले ३० भन्दा बढी समूहलाई समेटेर कार्यसमिति बनाउने जिम्मेवारी मि...

सरकालाई खबरदारी गर्दै दबाब दिन विभिन्न जेनजी समूहले संयुक्त आन्दोलनको तयारी गरेका छन् । ललितपुरको झम्सिखेलमा भएको जेनजी समूहको बैठकले आज डिल्लीबजारस्थित भोजनगृहमा पत्रकार सम्मेलन गरेर संयुक्त आन्दोलनको घोषणा गर्ने जानकारी दिएका छन् ।

बैठकले ३० भन्दा बढी समूहलाई समेटेर कार्यसमिति बनाउने जिम्मेवारी मिराज ढुंगाना, अजय सोडारी र सुनिल सिंहलाई दिएको छ । सर्वपक्षीय सरकार र संविधान पुनर्लेखनको माग गर्दै आएका उनीहरुले हरिश भट्ट र सरोज भण्डारीलाई सल्लाहकारमा राखेका छन् ।

फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनअघि जेनजीका माग सम्बोधन हुनैपर्ने अन्यथा दोस्रो आन्दोलन भएरै छाड्ने चेतावनी दिइएको छ।

Featured जेनजी