Nepalmuhar Full version →
राजनीति

राजावादी आन्दोलनमा सरकारको दमन, कमल थापा पक्राउ

Nepalmuhar June 1, 2025
काठमाडौंको नक्साल नारायण चौरबाट सुरु राजावादी आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनबाट घिस्याउँदै प्रहरीले राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई नियन्त्रणमा लिएको छ। राजतन्त्रका पक्षमा सरकार विरोधी जनमत उकास्ने गरी अभिव्यक्ति दिएको आरोपमा थापालाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौँ प्रहरी पर...

काठमाडौंको नक्साल नारायण चौरबाट सुरु राजावादी आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनबाट घिस्याउँदै प्रहरीले राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई नियन्त्रणमा लिएको छ।

राजतन्त्रका पक्षमा सरकार विरोधी जनमत उकास्ने गरी अभिव्यक्ति दिएको आरोपमा थापालाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले सञ्चार माध्यमलाई बताएका छन् ।

राजावादीहरुले आफ्नो आन्दोलन शान्तिपूर्ण हुने बताउँदै आएका थिए । तर, सरकारले भने दमन अख्तियार गर्दै आएको छ ।

Featured कमल थापा राजावादी आन्दोलन