Nepalmuhar Full version →
राजनीति

हैट कांग्रेसः विशेष र नियमित महाधिवेशन पुनः विवाद सुरु

Nepalmuhar December 24, 2025
४८ दिन लगाएर १३औँ बैठकबाट सर्वसम्मत महाधिवेशनको निर्णय गरेको नेपाली कांग्रेस पुनः विवादमा फर्किएको छ । कार्यतालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण नटुंगिएपछि कांग्रेस पुरानै विवादमा फर्किएको हो । महामन्त्री गगन थापाले कार्यतालिका सच्याउँदै यही पुस २१ मा वडा अधिवेशन थाल्ने प्रस्ताव गरेका...

४८ दिन लगाएर १३औँ बैठकबाट सर्वसम्मत महाधिवेशनको निर्णय गरेको नेपाली कांग्रेस पुनः विवादमा फर्किएको छ । कार्यतालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण नटुंगिएपछि कांग्रेस पुरानै विवादमा फर्किएको हो ।

महामन्त्री गगन थापाले कार्यतालिका सच्याउँदै यही पुस २१ मा वडा अधिवेशन थाल्ने प्रस्ताव गरेका छन् । २३ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गरी पुस २६ को मिति परिवर्तन नगरी केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् । उनको प्रस्तावमा संस्थापन पक्षले सहमति नजनाएपछि पुनः विशेष महाधिवेशनको विषय कार्यसम्पादन समितिमा प्रवेश गरेको हो ।

“महाधिवेशनको मिति घोषणा गरेपछि त्यसपछि गर्नुपर्ने तयारी र काम हुन सकेनन् । त्यसकारण अब सबै तहको अधिवेशन गर्दै केन्द्रीय महाधिवेशन गर्ने अवस्था भएन । नेतृत्व नफेरी चुनावमा जाने अवस्था छैन,” महामन्त्री थापाले भने, “त्यसकारण मैले छिटो सदस्यता टुंग्याएर १६ गते गर्ने भनिएको वडा अधिवेशन २१ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन २३ गते र केन्द्रीय महाधिवेशन तोकिएकै मिति पुस २६–२८ मा गर्ने प्रस्ताव गरेको छु ।”

उनले प्रस्तावमा सहमति नजनाउने हो भने विशेष महाधिवेशनका विकल्प खुल्ला हुने बताएका छन् । “यसमा सबैले सहमति गरेर महाधिवेशन गर्ने भनेर लाग्ने हो भने सम्भव छ, हिजो चार–पाँच महिना लाग्छ भन्नेहरूलाई पनि अहिले दुई महिना भए सम्भव हुन्छ भन्ने लागेको छ,” महामन्त्री थापाले भने, “तर, कसैको प्रतिष्ठाका लागि महाधिवेशनको मिति तय भएको थियो । यसलाई असफल बनाउन लाग्नुपर्छ भन्ने हो भने विधानतः विशेष महाधिवेशनको प्रस्ताव दर्ता भएको छ । विशेष महाधिवेशन कसैले रोक्न सक्दैन ।”

Featured कांग्रेस महाधिवेशन