नेपाली कांग्रेसका ६५ सांसदसहित ६८ सांसदले दायर गरेको रिटमा आज सुनवाइ हुँदै छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।
कांग्रेसका सात सांसदहरूले यसअघि दायर गरेको रिटमा आफूलाई सरोकारवाला पक्ष दाबी गर्दै समावेश गरियोस् भनेर थप सांसदको निवेदन परेको हो । यसमा कांग्रेसका ६५ र एक स्वतन्त्रसहित ६८ सांसदहरूको हस्ताक्षर छ ।
आजको इजलासले सरोकारवाला पक्ष स्वीकार गरियोस् भन्दै परेको निवेदन अनुमोदन गरेसँगै यी सांसदहरूको निवेदन कांग्रेस पनि रिटको पक्ष बन्नेछन् । एमालेले कांग्रेसभन्दा अघि नै आफ्ना सम्पूर्ण निवर्तमान सांसदहरुको हस्ताक्षरसहित रिट दायर गरिसकेको छ ।