Nepalmuhar Full version →
राजनीति

बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान

Nepalmuhar April 4, 2025
सर्वोच्च अदालतले पुनर्बहाली गर्न अस्विकार गरेको भोलीपल्ट नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बिशेष पत्रकार सम्मेलन गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत घिसिङले सार्वजनिक संस्थाको बक्यौता रकम उठाउन खोज्दा सरकारले आफूलाई पदबाट बर्खास्त गरेको जिकिर गरेका...

सर्वोच्च अदालतले पुनर्बहाली गर्न अस्विकार गरेको भोलीपल्ट नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बिशेष पत्रकार सम्मेलन गरेका छन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत घिसिङले सार्वजनिक संस्थाको बक्यौता रकम उठाउन खोज्दा सरकारले आफूलाई पदबाट बर्खास्त गरेको जिकिर गरेका छन ।

उनका अनुसार डेडिकेटेड र ट्रंक लाइनको  बक्यौता महशुल उठाउन खोज्नु नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेको जनाउँदै उनले बक्यौता नउठाउने गरी आएका दबाब र आग्रहलाई स्वीकार नगर्दा पदबाट हट्नुपर्ने अवस्था आएको जनाएका हुन् ।

‘बक्यौता रकम नउठाउने गरी आएका दबाब र आग्रहलाई मेरो कर्तव्यले स्वीकार गर्न सकेन। संस्था र राज्यप्रति घात गर्न मेरो नैतिकताले दिएन,’ उनले भने, ‘यसकारण बक्यौता उठाउने मेरो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बन्यो।’

Featured कुलमान बक्यौता रकम