Nepal Muhar Full version →
समसामयिक

विपिन जोशीको खोजीमा आमा र बहिनी रुँदै उडे इजरायल

nepalmuhar August 11, 2025
हमासले बन्धक बनाएका विपिन जोशीको खोजीमा आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल उडेका छन्। विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन इजरायलले विपिनकी आमा पद्मा र बहिनी पुष्पा फ्लाइ दुबईमार्फत उनीहरू अहिले बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेका हुन्।  नेपालका लागि इजरायली दूतावासले नै उनीहरूका...

हमासले बन्धक बनाएका विपिन जोशीको खोजीमा आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल उडेका छन्।

विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन इजरायलले विपिनकी आमा पद्मा र बहिनी पुष्पा फ्लाइ दुबईमार्फत उनीहरू अहिले बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेका हुन्। 

नेपालका लागि इजरायली दूतावासले नै उनीहरूका लागि टिकटको व्यवस्था गरेर विपिनको खोजीमा थप दबाब बढाउन भनेर आमा र बहिनी त्यसतर्फ लागेका हुन्।

यसैबीच हमासको कब्जामा रहेका विपिनलगायत विदेशी भूमिमा बेपत्ता भएकाहरूको यथासिघ्र खोजी तथा उपलब्धता होस् भन्दै पशुपतिमा यज्ञ लगाइएको छ। 

पशुपतिमा जारी महायज्ञका शंकल्पकर्ता समेत रहेका बिजयकृष्ण मूतिले  पूजा गर्दै विपिनसहित बेपत्ता कैयौँ परिवारमा खुशी फर्कियोस् भन्दै कामना गरेका छन्। महायज्ञको आज २५ औँ दिन देवी प्रतिभाको कथा सुन्न सकिनेछ।


Featured इजरायल विपिन जोशी