Nepalmuhar Full version →
राजनीति

वाईसीएलमा लाजको पसारो, २२ उपाध्यक्ष, ३१ सचिव

Nepalmuhar June 8, 2025
नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ले लाजको पसारो देखाएको छ । यो लाजको पसारोले टाक्सिएको वित्त पूँजीवाद एवम् वैश्य युगमा मान्छेहरु पद तथा अवसरका लागि कति लालायित हुन्छन् भन्ने पनि खुलाएको छ । सहमतिका नाममा वाईसीएलले उपाध्यक्ष २२ र सचिव ३१ जना मनोनित गरेर पदलोलुपतामा पा...

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ले लाजको पसारो देखाएको छ । यो लाजको पसारोले टाक्सिएको वित्त पूँजीवाद एवम् वैश्य युगमा मान्छेहरु पद तथा अवसरका लागि कति लालायित हुन्छन् भन्ने पनि खुलाएको छ ।

सहमतिका नाममा वाईसीएलले उपाध्यक्ष २२ र सचिव ३१ जना मनोनित गरेर पदलोलुपतामा पार्टी र तिनका जनवर्गिय संगठनहरु कुन हदसम्म गिरिरहेका छन् भन्ने देखाएको छ । सहमतिकै नाममा वाईसीएलले पदाधिकारी संख्या ३५ सदस्यीय जना बढाएर ७५ पुर्‍याइएको छ । यो टालटुले सहमति अनुसार अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाहीको नाम निर्विरोध गरिएको छ ।

उपमहासविच १९ जना बनेका छन् । एक जना कोषाध्यक्ष चुनिएका छन् । वाईसीएलको नेतृत्वका लागि दर्जन बढी आकांक्षी थिए । अध्यक्ष प्रचण्डको् हस्तक्षेप र लामो रस्साकसीपछि आज नयाँ कार्यसमिति घोषणा गरिएको छ ।

उनीहरूको शपथ ग्रहण आजै हुँदैछ ।

Featured पदाधिकारी वाईसीएल