Nepal Muhar Full version →
अन्तर्राष्ट्रिय

अमेरिकासँग अर्को वार्ता छिट्टै हुन्छः इरान

nepalmuhar February 7, 2026
इरानका विदेशमन्त्री अब्बास अराघचीले आज शनिबार वार्ताका लागि तेहरानको अडान दोहोर्याएका छन् । उनले अमेरिकासँग वार्ताको ढोका खुल्ला राखेको र चाँडै सुरु हुने आशा व्यक्त गरे। साथै उनले इरान अन्य कुनै पनि परिस्थितिको सामना गर्न तयार रहेको चेतावनी पनि दिए। अल जजिरा नेटवर्कसँगको अन्तर्वार्ता आधिकारिक टेलिग्...

इरानका विदेशमन्त्री अब्बास अराघचीले आज शनिबार वार्ताका लागि तेहरानको अडान दोहोर्याएका छन् । उनले अमेरिकासँग वार्ताको ढोका खुल्ला राखेको र चाँडै सुरु हुने आशा व्यक्त गरे। साथै उनले इरान अन्य कुनै पनि परिस्थितिको सामना गर्न तयार रहेको चेतावनी पनि दिए।

अल जजिरा नेटवर्कसँगको अन्तर्वार्ता आधिकारिक टेलिग्राम च्यानलमा प्रकाशित अंशका अनुसार अराघचीले शुक्रबारको ओमानमा भएको वार्तामा इरानको क्षेप्यास्त्र कार्यक्रमबारे कुनै अवस्थामा पनि सम्झौता गर्न नसकिने बताएका छन्।

उनले अमेरिकाले इरानी भूमिमा आक्रमण गरेमा तेहरानले उक्त क्षेत्रमा रहेका अमेरिकी आधार शिविरलाई निशाना बनाउने चेतावनी दिएका छन् । अराघचीले मस्कटमा अप्रत्यक्ष वार्ता भए पनि ‘अमेरिकी प्रतिनिधिमण्डलसँग पनि भेट भएको बताए।

वार्ता ‘राम्रो सुरुवात’ भएको तर विश्वास निर्माण गर्न समय लाग्ने उनले बताए साथै ‘छिट्टै’ पुनः वार्ता सुरु हुने उनको आशा छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रबार वार्तालाई ‘धेरै सकारात्मक’ वातावरणको संज्ञा दिएका थिए । उनले अर्को हप्ता फेरि अर्को चरणको वार्ता हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

इरान अमेरिका