Nepal Muhar Full version →
अन्तर्राष्ट्रिय

इरानको प्रतिक्रिया- ‘ट्रम्प पछि हट्न बाध्य भए’

nepalmuhar March 23, 2026
इरानका आणविक संयन्त्रहरूमा आक्रमण स्थगित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई इरानले आफूहरुको कडा चेतावनीपछि हट्न बाध्य भएको भन्दै कडा टिप्पणी गरेको छ । अफगानिस्तानको काबुलस्थित इरानी दूतावासले ट्रम्पलाई इरानले “कडा चेतावनी” दिएपछि आक्रमण नगर्ने निर्णय गरेको प्रतिक्रिया दिएको छ । दूता...

इरानका आणविक संयन्त्रहरूमा आक्रमण स्थगित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई इरानले आफूहरुको कडा चेतावनीपछि हट्न बाध्य भएको भन्दै कडा टिप्पणी गरेको छ ।

अफगानिस्तानको काबुलस्थित इरानी दूतावासले ट्रम्पलाई इरानले “कडा चेतावनी” दिएपछि आक्रमण नगर्ने निर्णय गरेको प्रतिक्रिया दिएको छ । दूतावासका अनुसार इरानको स्पष्ट सन्देशपछि अमेरिका पछि हट्न बाध्य भएको हो ।

इरानी समाचार एजेन्सी तस्निमले पनि ट्रम्पको निर्णयलाई ‘पछाडि हटेको’ रूपमा व्याख्या गर्दै “Trump backs down!” शीर्षकमा टिप्पणी गरेको छ। अस्ति आर्च २१ मा मात्र ट्रम्पले इरानका आणविक तथा ऊर्जा संरचनामाथि ४८ घण्टाभित्र आक्रमण गर्ने चेतावनी दिएका थिए । त्यो ४८ घण्टा बित्नै लाग्दा उनी बहादुरितापूर्वक पछि हटेका हुन् ।

इरान अमेरिका