Nepal Muhar Full version →
अन्तर्राष्ट्रिय

होर्मुज जलडमरु सधैँका लागि बन्द गरिदिने इरानको चेतावनी

nepalmuhar March 23, 2026
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी)ले अमेरिकाले इरानको ऊर्जा प्रतिष्ठानमा आक्रमण गरे होर्मुजको जलडमरू पूर्ण रूपमा बन्द हुने चेतावनी दिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ति २१ मार्चमा इरानले होर्मुजको जलडमरूम नखोले सबै पावर प्लान्टहरू ध्वस्त पार्न ४८ घण्टाको समय दिएको चेताव...

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी)ले अमेरिकाले इरानको ऊर्जा प्रतिष्ठानमा आक्रमण गरे होर्मुजको जलडमरू पूर्ण रूपमा बन्द हुने चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ति २१ मार्चमा इरानले होर्मुजको जलडमरूम नखोले सबै पावर प्लान्टहरू ध्वस्त पार्न ४८ घण्टाको समय दिएको चेतावतीपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले झन् कडा प्रतिक्रिया दिएको हो ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलडमरू बन्द नभएको, अमेरिका र इजरायलको मनोवृत्तिका कारण जहाजहरू यस बाटोबाट जान हिच्किचाउने गरेको बताएका छन् । इरानका मिडियाले लेखेका छन्, ‘यदि इरानको ऊर्जा प्रतिष्ठानमा आक्रमण भयो भने, हाम्रा ध्वस्त पावर प्लान्टहरू पुनर्निर्माण नभएसम्म होर्मुजको जलडमरू खोलिने छैन ।’

होर्मुज जलडमरू इरानसँग जोडिएको छ । यो फारसी खाडीलाई ओमानको खाडी र अरब सागर (दक्षिणपूर्व) सँग जोड्ने एक मात्र समुद्री मार्ग हो । विश्वको २० प्रतिशत तेल आपूर्ति यहीबाट हुने गरेको छ ।

अमेरिका र इजरायली आक्रमणपछि, इरानले यो मार्ग लगभग बन्द गरिसकेको छ, जसले गर्दा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । मार्च २१ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हर्मुजको जलडमरू खोल्न नयाँ समयसीमा दिएका थिए ।

ट्रम्पले इरानसँग हर्मुजको जलडमरू पूर्ण रूपमा खोल्न ४८ घण्टाको समयसीमा दिएको बताएका थिए । यदि इरानले त्यसो गर्न असफल भए अमेरिकाले पावर प्लान्टहरूमा आक्रमण गर्ने र ध्वस्त पार्ने उनको चेतावनी थियो ।
ट्रम्पको चेतावनी पछि आइआरजिसीले बदलाभावको जवाफ दिएको हो । उसले अमेरिकी हिस्सेदारी भएका सबै कम्पनीलाई लक्षित कारबाहीको चेतावनी पनि दिएको छ ।
एजेन्सीहरु

इरान होर्मुज जलडमरु