Nepalmuhar Full version →
राजनीति

संविधान कार्यान्वयन नै नगरी संशोसनको कुरा गर्नु अपराधः प्रभु साह

Nepalmuhar January 5, 2025
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संविधानको कार्यान्वयन नै नगरीकन संशोधनको कुरा गर्नु अपराध भएको टिप्पणी गरेका छन् ।  आजपाको सिंहदरबार, काठमाडौंस्थित दलको कार्यालयमा सञ्चारकर्मीसंगको कुराकानीमा अध्यक्ष साहले संविधान संशोधन नभई खारेज नै गर्नुपर्ने बताए ।  संविधान कार्यान्व...

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संविधानको कार्यान्वयन नै नगरीकन संशोधनको कुरा गर्नु अपराध भएको टिप्पणी गरेका छन् । 

आजपाको सिंहदरबार, काठमाडौंस्थित दलको कार्यालयमा सञ्चारकर्मीसंगको कुराकानीमा अध्यक्ष साहले संविधान संशोधन नभई खारेज नै गर्नुपर्ने बताए । 

संविधान कार्यान्वयन सम्बन्धी कानून सरकार ल्याऊन चाहेन । प्रहरी ऐन अल्पत्र छ, निजामति ऐन बेवारिसे छ । संविधान अनुरुपको सामाजिक न्याय प्रदान गर्ने शिक्षा र स्वास्थ्य ऐन अलपत्र छ, आजपा अध्यक्ष साहले भने, ‘संविधानमा भएका मौलिकहकहरु कार्यान्वयन गर्ने कुनै कानून नै सरकारले बनाएन् । यसरी सरकारलाई संविधान कार्यान्वयनमा कुनै चासो नै छैन् ।’ 

हिजोको दिनमा संविधान निर्माण पनि कांग्रेस र एमालेको गठबन्धन सरकारले गरेको बताउँदै उनले संविधान नै कार्यान्वयन नगरीकन उही पार्टी र नेताहरुले संशोधनको कुरा गर्नु भनेको अपराध भएको टिप्पणी उनले गरे । 

‘हिजो संविधान निर्माण पनि कांग्रेस र एमालेको गठबन्धन सरकारले नै गरेको ति नेताहरु अहिले पनि नेतृत्वमै रहेको सन्दर्भमा कुनै पनि नैतिकताले संशोधनको कुरा गर्नु उचित छैन्,’ आजपा अध्यक्ष साहले भने, ‘बरु गतल संविधान बनाई देश र जनतालाई ठगेको कुरा स्वीकारेर कामै नलाग्ने यो व्यवस्था खारेज गर्न उनीहरु सहमत हुन जरुरी छ ।’

यो व्यवस्थाले मुलुक र जनताको अवस्था परिवर्तन नहुने ठोकुवा गर्दै यस्तो ‘खिचडी व्यवस्था’ खारेज गर्नुको बिकल्प नभएको उनले बताए । दलाल दलतन्त्र, लुटतन्त्रले आम नागरिक निरास भएको बताउँदै उनले यो व्यवस्था खारेज गरेर आम जनताको शासन हुने व्यवस्था आवश्यक भएको बताए । 

राजतन्त्र बिरुद्ध आन्दोलन हुँदा अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र ल्याउँन लडनु भनेको बैयलगाडामा चढेर अमेरिका जानु हो भन्नु भएको थियो । संविधान सभामा पनि प्रतिगामी भुमिका नै खेले । अहिले पनि त्यही ओलीले संविधान संशोधन कुरा गरी राखनुभएछ, यसमा नेपाली जनता गंभीर हुन जरूरी छ ।

प्रभु साह आम जनता पार्टी