Nepalmuhar Full version →
समसामयिक

इटहरीको सेन्टर प्लाजामा आगलागी, ११ जनाको उद्धार

Nepalmuhar March 26, 2025
बुधबार बिहान ९ः ३० बजे इटहरीको सेन्टर प्लाजामा सुरू भएको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा आएको छ।  सेन्टर प्लाजामा लागेको आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल तथा करिब तीन सयको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक यो...

बुधबार बिहान ९ः ३० बजे इटहरीको सेन्टर प्लाजामा सुरू भएको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा आएको छ। 

सेन्टर प्लाजामा लागेको आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल तथा करिब तीन सयको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। 

उनका अनुसार भवन ठूलो भएकाले आगो निभाउन बढी समय लागेको हो। के कारणले आगो लागेको भन्नेबारे प्रहरीले अनुसन्धान थालेको  उनले बताए। 

आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। आगलागीमा फसेकाको उद्धारका लागि गृह मन्त्रालयले काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो।

आगलागी भएको भवनबाट ११ जनाको सकुशल उद्धार गरिएको थियो। भवनभित्रबाट उद्धार गरिएकामा बंगलादेशका एमडी जय, अमेरिका राई, लक्ष्मी श्रेष्ठ, विजय धामी, विष्णु तामाङ, सञ्जय जैसवाल, दिया राय, विशाल सिंह, आशिष चौधरी र अन्य दुई जना रहेको प्रहरीले जनाएको छ।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।


इटहरी सेन्टर प्लाजा